पाकिस्तानी कलाकारको पक्षमा बलिउड दिग्गज कलाकार ओम पुरी


मुम्बई–बलिउड दबंग स्टार सलमान खानपछि बलिउडका दिग्गज अभिनेता ओम पुरी र निर्देशक नागेश कुकुनुर पनि पाकिस्तानीको समर्थनमा बोलेका छन्। ओम पुरीले कला र राजनीतिको अलग राख्नुपर्ने बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएर कुनै देशको तनावमा कुनै कमी नहुने बताएका छन्।
उनले पाकिस्तानी कलाकारले भारतमा कुनै गैरकानुनी काम नगरेको भन्दै पुरीले पाकिस्तानी कलाकारलाई फिर्ता पठाउँदा भारतीय फिल्म निर्मातालाई नोक्सान हुने बताए।
६५ वर्षीय अभिनेता पुरीको भनाइ उद्धृत गर्दै संचारमाध्यमले भनेका छन्,‘जव सरकारले नै कारवाही गरिरहेको छ भने हामी सबै शान्त हुनुपर्छ। हामीले बलिउडमा काम गरिरहेका पाकिस्तानी कलाकारलाई फिर्ता पठाउने वा नपठाउने भन्ने विषयले कुनै अर्थ राख्दैन। म ६ पटक पाकिस्तान गएको छु। म उहाँ सबै वर्गसँग मैले भेट गरेको छु।’
उनले पाकिस्तानी कलाकारले अभिनय गरिरहेको फिल्म बीच मै छोड्ला भारतीय निर्मातार्ला आर्थिक नाृृेक्सानी हुनेतर्फ सचेत गराएको संचारमाध्यले जनाउका छन्।  उनले कुनै पनि पाकिस्तानी कालाकार भारतमा गैर कानुनी भन्दा पनि भिसा लिएर बसेको भन्दै पाकिस्तानी कलाकारको बचाउ गरेका छन्। भारतीय फिल्म निर्माता नागेश कुकुनुरले पनि कला र राजनीतिकलाई अलग राख्नुपर्ने बताएका छन्।
 source : nagariknews.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment