२० हजार धरौटी तिर्न नसक्दा ६ वर्षीय बालक जेलमा



काठमाडौं,३ असोज । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।

नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती वताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएका आजको अन्नपूर्णमा समाचार छ । लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागकेको मानव बेचविखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।

आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ । बालबालिकालाइृे जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रकमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन ।

source::http://hamrosanchar.com

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment