काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज सोमबार एक वर्ष पूरा भएको छ। नेपाली जनताले चुनेका प्रतिनिधिमार्फत २०७२ असोज ३ गते संविधान ले मूर्तरुप पाएको थियो।सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवम् सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ। दिवस मनाउन सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विशेष समिति गठन गरेको छ। दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ।
एमालेले संविधान दिवस अलग्गै मनाउने
मुखय प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसको दिन सोमवार रत्नपार्कको शान्तिबाटिकामा जम्मा भएर जुलुससहित वसन्तपुरमा पार्टीको आयोजनामा संविधान दिवस मनाइने कार्यलय सचिव कृष्ढागोपाल श्रेष्ठले जानकारी दिएका छन । उनकाअनुसार उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुले सम्बोधन गर्नेछन् ।
source::http://hamrosanchar.com
0 comments:
Post a Comment