फेसबुकले १९ विलियन डलरमा म्यासेजिङ एप ह्वाट्सएपलाई किन्ने

फेसबुकले १९ विलियन डलरमा मोबाइल म्यासेजिङ एप ह्वाट्सएपलाई किन्ने भएको छ । फेसबुकले ह्वाट्सएप खरिद गर्न नगद र सेयर दुबै दिने घोषणा गरेको हो । फेसबुकले आफूले नगदमा चार विलियन डलर र बाँकी रकमको सेयर दिने भएको छ । यसअघि, तीन अर्ब डलर रुपैयाँमा स्न्यापच्याट किन्ने कोसिस खेर गएको थियो ।


ह्वाट्सएपको ४५० मिलियन प्रयोगकर्ता छन् । यो कम्पनी जेन कउम र ब्रियन एक्टनले सुरु गरेका हुन् । जेन कउम कलेजको अध्ययन छाडेका थिए भने ब्रियन एक्टन स्ट्न्डर्फडका बिद्यार्थी थिए । यसका प्रयोगकर्ता दैनिक बड्दो छ ।
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment