एमाले-माओवादीमा देखिएको तिक्तता कम गर्न प्रचण्ड नेपाल सहमत

२५ भदौ, काठमाडौँ,। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा  नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा (एमाले) नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्री र नेता नेपालबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ ।

२०७३ भदौ २५ गते १२:४७ मा प्रकाशित
source::http://www.onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment