खोलाले बगाउँदा महिलाको मृत्यु

२५ भदौं, कलैया । खोलाले बगाउदा बारामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका १३ बस्ने अन्दाजी बर्ष ४४ की इन्दुमाया घलान रहेकी स्थानीयले बताएक छन् ।

स्थानीयले दिएको जानकारी अनुसार जङ्गलबाट घाँस लिएर घरजाने क्रममा घलानलाई शुक्रबार  भक्तलाल खोलाले बगाएको थियो ।  घलानको शव आफन्तले ४ किलोमिटर टाढाबाट फेला पारेका छन् ।

एक साता अगाडि पनि एक दम्पतीको खोला तर्ने क्रममा मृत्यु भएको थियो ।

२०७३ भदौ २५ गते १२:३५ मा प्रकाशित
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment