अमेरिकी अधिकारीहरुले आधिकारिक रुपमा रुसमाथि ‘अमेरिकी चुनावमा हस्तक्षेप गर्न राजनीतिक दलका विरुद्ध साइबर हमला गरेको आरोप लगाएको छ ।
आन्तरिक सुरक्षा विभागले हालै हृयाक गरिएका इमेल रुसद्वारा निर्देशित तरिकासँग मेल खाएको जनाएको छ ।
अमेरिकी राज्यमा चुनाव सम्बन्धी पद्धतिमा स्क्यानिङ तथा छानबिनको कोशिश रुसले गरेको अमेरिकी आरोप छ ।
२०१६ को चुनाव प्रचारमा लज्जास्पद इमेल सार्वजनिक भएको छ । तर, रुसी प्रवक्त दिमेत्री पेसकोवले अमेरिकी आरोपलाई ‘बकवास’को संज्ञा दिएका छन् ।
डेमोक्रेटिक पार्टीका नेताले इमले यसै बवर्षको सुरुवातमा हृयाक गरिएको जनाएका छन् । जसमा संवेदनशील तथा निजी जानकारी लिक भएको छ ।
आन्तरिक सुरक्षा विभाग तथा चुनावमा सुरक्षाका लागि राष्ट्रीय अनुसन्धान निर्देशकले संयुक्त बयानमा क्रेमलिनका अधिकारी पनि यस प्रकरण सामेल भएको हुनसक्ने बताएका छन् ।
अमेरिकामा नोभेम्बरमा राष्ट्रपति चुनाव हुन लागेको छ । जसका लागि रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उमेदवार हिलारी क्लिनटन जोडदार प्रचारमा लागेका छन् ।
source : onlinekhabar.com
0 comments:
Post a Comment